२६ असार २०८३, शुक्रबार

आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण

कात्तिक ६, २०७५
आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण

दमौली-तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित सुनौलो भविष्य आमा समूहको सक्रियतामा रु १० लाखको लागतमा भवन निर्माण गरिएको छ । नाचगान, वैदेशिक रोजगारीबाट गाउँ फर्किएका स्थानीय, वडा कार्यालयलगायत सङ्घसंस्थाको आर्थिक सहयोगमा महिलाले सामुदायिक भवन निर्माण गरेका हुन् ।

भवन निर्माणका लागि आमा समूहले नाचगान गरी सङ्कलन गरेको रु.तीन लाख, वडा कार्यालयको रु तीन लाख २५ हजार, वैदेशिक रोजगारीमा रहेका गाउँलेको रु एक लाख र सामुदायिक वनको रु तीन लाख खर्च भएको आमा समूहका अध्यक्ष विष्णुमाया थापाले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण सम्पन्न गर्नका लागि अझै रु सात लाख आवश्यक पर्ने देखिएको छ । 

गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको नियमित बैठकका लागिसमेत एउटा हल आवश्यक भएपछि आमा समूहको सक्रियतामा भवन निर्माण गरिएको हो । तीस महिला आबद्ध रहेको समूहले महिला सशक्तीकरण, सीपमूलक तालीम, घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्