२६ असार २०८३, शुक्रबार

इटलीमा नहुने भयो दीपिका र रणवीरको विवाह, अब यो ठाँउ छानियो

कात्तिक ७, २०७५
इटलीमा नहुने भयो दीपिका र रणवीरको विवाह, अब यो ठाँउ छानियो

दीपिका पादुकोण र रणवीर सिंहको विवाह दिपावली(तिहार) को एक सातापछि हुँदैछ । 

नोभेम्बर १४ र १५ मा उनीहरुको विवाह इटलिको लेक कोमामा हुने समाचारहरु सार्वजनिक भएका छन् । तर पछिल्लो रिपोर्ट र भारतीय सञ्चारमाध्यमहरुमा आएका समाचारहरुका अनुसार उनीहरुको विवाह इटलीमा नभइ भारतको मुम्बइमा नै हुने भएको छ । 

रिपोर्टका अनुसार विवाहको स्थान परिवर्तन हुनाको पछाडि परिवारका कोही सदस्य इटली यात्रा गर्न असमर्थ रहनु बताइएको छ । 

अब संगीत, मेहन्दी, विवाह तथा रिसेप्सन मुम्बइको पाँच तारे होटलको वकोलामा हुने छ । साथै उनीहरुको विवाहको तयारीको लागि सोनम कपूर तथा आनन्द अहुजाको विवाहको विवाह योजनाकारलाई छानिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्