२७ असार २०८३, शनिबार

स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यालयमा तानिइन्

कात्तिक ७, २०७५
स्वास्थ्य सचिव चौधरी प्रधानमन्त्री कार्यालयमा तानिइन्

काठमाडौं – सरकारले स्वस्थ्य मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

स्वास्थ्य सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तानिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । यसको औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन ।

चौधरीको सरुवापछि तत्कालका लागि डाक्टर सुशीलनाथ प्याकुरेलले स्वास्थ्य मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी सम्हाल्ने स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सचिव चौधरीबीचको सम्बन्ध त्यति सुमधुर नभएको समाचारहरू सार्वजनिक हुँदै आएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्