२४ असार २०८३, बुधबार

सामाजिक मान्यता पाउन हजुरबा–हजुरआमाको बिहे

कात्तिक ८, २०७५
सामाजिक मान्यता पाउन हजुरबा–हजुरआमाको बिहे

रामेछाप - हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । 
कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै ।


सुन्दै अचम्म लाग्ने यो चलन टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो । युगौंदेखिको परम्परा ।

मगर समुदायमा भागी विवाह गर्ने चलन छ । करिब ९० प्रतिशतले भगाएकै हुन्छन् । त्यसैलाई औपचारिकता दिन उनीहरू समय मिलाएर समाजलाई साक्षी राखी धुमधामसँग बिहे गर्छन् । भागेर आएका जोडीले जति बूढो भए पनि औपचारिक विवाह नगरी सामाजिक मान्यता पाउँदैनन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्