काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही घण्टाका लागि भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड शुक्रबार भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन् ।
उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली शर्मासँगको सल्लाह अनुसार अध्यक्ष प्रचण्ड शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका तय गरिएको स्रोतले जनाएको छ ।