२४ असार २०८३, बुधबार

सत्तारुढ नेकपा नेताको जोड : एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्छ

कात्तिक ८, २०७५
सत्तारुढ नेकपा नेताको जोड : एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्छ

बेंसीशहर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एकाधिकार, दलाल र पूँजीवादको बिगबिगी भएको समयमा कम्युनिष्टको एउटै कम्युनिष्ट धार निर्माण गर्नुपर्ने बताएका छन् । 

नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) लमजुङले आज बेंसीशहरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले भने, “मन्त्रिपरिषद् परिवर्तन भएका छन् तर राज्यका सबै अङ्ग वैचारिक पाटोका रुपमा परिवर्तन भएका छैनन् ।” 

“वैचारिकरुपमा राज्यका सबै तत्व परिवर्तन हुन सकेका छैनन्,” गुरुङले भने, “अहिलेको आवश्यकता भनेको तलदेखि माथिल्लो संयन्त्रसम्म पार्टीलाई एकीकृतरुपमा अगाडि बढाउनु हो ।” उनले आवश्यक परे संविधान संशोधन गरेर अगाडि बढ्न सकिने बताए । अर्को प्रसङ्गमा उनले केन्द्र सरकारबाट मात्रै लमजुङ जिल्लाको विकासका लागि करीब रु पाँच अर्ब नौ करोड बजेट र केन्द्र, प्रदेश र स्थानीय तह गरी कूल करीब रु सात अर्ब ५३ करोड बजेट आएको जानकारी दिए ।

नेता गुरुङले भने, “जिल्लाका विकास निर्माण तथा सामाजिक विकासका लागि आएको बजेटको प्रभावकारीरुपमा कार्यान्वयन हुनुपर्छ ।” 

salt training

कमेन्ट गर्नुहोस्