०८ असार २०८३, सोमबार

अत्याधिक मदिरा सेवनबाट महिलाको मृत्यु

कात्तिक ८, २०७५
अत्याधिक मदिरा सेवनबाट महिलाको मृत्यु

दाङ– अत्यधिक मदिरा सेवनले दाङमा एक महिलाको मृत्यु भएको छ । 
घोराही उपमहानगरपालिका –१२ नरिवाङ निवासी ४५ वर्षीया कल्पना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
 प्रहरी नायब उपरीक्षक कृष्णहरि शर्माका अनुसार कमलपित्त रोगले पीडित बनेकी उनले अत्याधिक मदिरा सेवन गर्दा मृत्यु भएको हो । 
लामो समयदेखि अत्यधिक मदिरा सेवन गर्ने गरेको र एक सातादेखि खानासमेत नखाएकी उनको आज अपरान्ह् ४ बजेतिर मृत्यु भएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्