२३ असार २०८३, मंगलबार

नेकपाको चियापान–सर्वसाधारणलाई ३ बजेसम्म, उच्चपदस्थलाई ५ बजेसम्म

कात्तिक ९, २०७५
नेकपाको चियापान–सर्वसाधारणलाई ३ बजेसम्म, उच्चपदस्थलाई ५ बजेसम्म

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल सम्बत, नयाँ वर्ष, छठ लगायतका चाडपर्वको अवसरमा भोलि(शनिवार) शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दैछ । 

काठमाडौंको भृकुटीमण्डपमा अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने चियापानमा पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका नामबाट निमन्त्रणा पत्र पठाइएको छ । 

उक्त कार्यक्रममा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता कार्यकता तथा सर्वसाधारणको लागि आन्त्रण गरिएको र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्री तथा सांसदहरु, संवैधानिक अंगका पदाधिकारीहरु, सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका पदाधिकारीहरुलगायतलाई निमन्त्रणा गरिएको नेकपाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्