
काठमाडौं – एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका–३ स्थित मानेञ्ज्याङ्ग शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाबाट बिहीवार भव्य समारोहबीच भएको छ ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि लक्ष्मीप्रपन्न निरौलाले सम्पूर्ण स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहभागी भई स्थानीय तहमा शाखा कार्यालय खोल्ने कार्यमा अग्रणी भूमिका निर्वाह गरेकोमा एनआईसी एसिया बैंकको प्रसंसा गरे ।
उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले उपस्थित अतिथिलाई धन्यवाद ज्ञापन गरे ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६४ शाखा कार्यालय, २ सय ६० एटीएम, २६ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार १ सय ९९ अर्बभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ६७ अर्ब तथा कर्जा १ सय ३८ अर्ब रुपैयाँ पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म बैंकमा ग्राहकको संख्या करीब १३ लाख ५० हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।