१९ असार २०८३, शुक्रबार

सैनिक भर्नामा अनियमितता : १८० जनामाथि कोर्ट मार्शल

कात्तिक ९, २०७५
सैनिक भर्नामा अनियमितता :  १८० जनामाथि कोर्ट मार्शल
फाइल तस्बिर

काठमाडौँ– नेपाली सेनाले २०७४ सालको सैन्य भर्नामा अनियमिता गरेको अभियोगमा सेनानीसहित करीब १८० माथि कोर्ट मार्शल गर्ने भएको छ । 

सहायकरथी सीताराम खड्काको अध्यक्षतामा गठित छानबिन समिति (कोट अफ इनक्याइरी) ले दिएको प्रतिवेदनका आधारमा जङ्गी अड्डाले उनीहरुमाथि कोर्ट मार्शल गर्न लागेको हो । 

उपरथी शरद गिरीको अध्यक्षतामा रहने समरी जनरल सैनिक अदालतले उनीहरुसँग बयान लिएपछि कसूरका आधारमा दण्ड र सजाय सुनाउने छ । अदालतले कसूरको मात्र हेरर उनीहरुलाई कैद सजायदेखि बर्खास्त, घटुवा र जरिवाना गर्नेछ । 

सैन्य भर्ना गर्दा रकमको चलखेलका आधारमा तोकिएको मापदण्डभन्दा होचा, शारीरिक हिसाबले अयोग्य र नक्कली परीक्षार्थी सामेल गरेको अनुसन्धानबाट खुलेको थियो । 

अनुसन्धानको क्रममा समितिले करीब ३०० सोधपुछ गरेकोमा करीब १८० संलग्न रहेको भनी समितिले सिफारिश गरेको थियो । २०७४ सालको सैन्य भर्नामा अनियमिता भएको प्रतिवेदनको आधारमा करीब १८० माथि कोर्ट मार्शलको प्रक्रिया अघि बढेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । 

सैन्य भर्ना छनोटसम्बन्धी घटनामा यति ठूलो सङ्ख्यामा कोर्ट मार्शल भएको यो पहिलो घटना हो । यसअघि सैनिक अदालतमा सेनाभित्र खासगरी अनुशासन उलङ्घन, आर्थिक प्रलोभन र लागुऔषधमा संलग्नजस्ता विषयमा उजूरी पर्दै आएका थिए ।

–नारायण न्यौपाने 

salt training

कमेन्ट गर्नुहोस्