
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीबीच आज साँझ भेटवार्ता भएको छ ।
पेरिसडाडास्थित पार्टी कार्यालयमा भएको उक्त भेटमा दुई देशबीचको सम्बन्धलाई बलियो बनाएर द्विपक्षीय हितमा कार्य गर्ने, दुबै मुलुकमा कम्युनिष्ट पार्टीको सम्बन्धलाई गहिरो बनाउनेलगायत विषयमा छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
नेकपाका निमन्त्रणामा बिहीबार नेपाल आएका महासचिव यचुरीको सम्मानमा नेता नेपालले आजै साँझ रात्रिभोज (डिनर) को आयोजना गरेका थिए । यसअघि पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीमा महासचिव यचुरी सहभागी भएका थिए ।