०८ असार २०८३, सोमबार

इजरायली प्रधानमन्त्रीद्वारा ओमनको दुर्लभ भ्रमण

कात्तिक ९, २०७५
इजरायली प्रधानमन्त्रीद्वारा ओमनको दुर्लभ भ्रमण

जेरूसेलम-इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले आफ्नो कुटनीतिक सम्बन्ध नै नरहेको मुलुक ओमनको अनपेक्षित तथा दुर्लभ भ्रमण गर्नुभएको छ । 

नेतन्याहु ओमनी सुल्तान काबुन विन सैयदको निमन्त्रणामा ओमनको भ्रमण गर्नुभएको हो । 

प्रधानमन्त्री नेतन्याहुले ओमनमा रहँदा ओमनी नेता सुलतान काबुजसँग भेट्नुभएको इजरायली प्रधानमन्त्रीको कार्यालयले शुक्रबार जानकारी गराएको छ । 

भ्रमणका क्रममा दुई नेताबीच मध्यपूर्वको शान्ति प्रक्रियालाई अघि बढाउने तथा दुई मुलुकबीचको आपसी चासोका बिषयमा छलफल भएको इजरायलले जनाएको छ । 

सन् १९९६ पछि इजरायली प्रधानमन्त्रीका रूपमा ओमन भ्रमण गर्ने नेता नेतन्याहु पहिलो उच्च अधिकारी भएको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्