०४ साउन २०८३, सोमबार

बाबुरामद्वारा नेकपाको चियापान बहिष्कार, एउटा खाममा चारवटा निम्तापत्र !

कात्तिक १०, २०७५
बाबुरामद्वारा नेकपाको चियापान बहिष्कार, एउटा खाममा चारवटा निम्तापत्र !

काठमाडौं– नयाँ शक्ति पार्टी पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टीको चियापान कार्यक्रम बहिष्कार गरेका छन् । उनले सर्वहारावर्गको दुवाइ दिने पार्टीले ५० हजारलाई भोज खुवाउन लागेको भन्दै उनले कार्यक्रममा सहभागी हुन नसक्ने बताएका छन् ।

भट्टराईले ट्वीट गर्दै एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाएकोमा धन्यवाद समेत दिएका छन् । उनले लेखेका छन्, ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनु भएकोमा धन्यवाद! तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ ! जय होस !’।

नेकपाले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ । अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’का नामबाट निमन्त्रणा गरिएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्