०९ असार २०८३, मंगलबार

उपराष्ट्रपति पुनद्वारा विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई स्वदेश फर्कन आग्रह

कात्तिक १०, २०७५
उपराष्ट्रपति पुनद्वारा विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई स्वदेश फर्कन आग्रह

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिँदै विदेश पलायन भएका नेपाली वैज्ञानिकहरुलाई देशको माया भए स्वदेश फर्कन आग्रह गरेका छन । पुनले स्वदेश फर्कि मुलुकको समृद्धिको लागी योगदान गर्न बिदेशमा रहेका नेपाली युवा बैज्ञानिकलाइ आह्वान गरे ।

त्रिभुवन विश्वविद्यालयको ‘रिकास्ट’को सहकार्यमा नेपाल पोलिमर ईन्चिच्युटले आयोजना गरेको उन्नत सामाग्रीसम्बन्धी चौथो अन्तराष्ट्रिय सम्मेलन को काठमाडौंमा उद्धघाट्न गर्दे उपराष्ट्रपति पुनले यस्तो आह्वान गरेका हुन् । उनले नेपाल बिकास र समृद्धिको बाटो तर्फ अघि बढिरहेको भन्दै नेपाली बैज्ञानिक र अनुसन्धानकर्ताको स्वदेशमा खाचो रहेको बताए । उनले नेपालमा रहेका बैज्ञानिक र नेपाल फर्कन चाहने बैज्ञानिकहरुका लागी सरकारले नेपालमा नै उचित सिप प्रयोग गर्न वातावरण बनाउनुपर्ने धारणा राखे ।

समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार गर्नका लागी मुलुकका सबै क्षेत्र बर्गको योगदान जरुरी रहेको उनले बताए । उनले नेपालको समृद्धिको यात्रामा चूनौती रहेपनि धेरै सम्भावना रहेको उल्लेख गरे । उहाले पूर्वाधार बिकासका लागी आवश्यक पर्ने नविन प्रविधीका लागी पनि नेपाली बिश्वविद्यालयको अनुसन्धान जरुरी रहेको समेत बताए । त्यस्तै, चरम राजनीतिकरणका कारण नेपालका वैज्ञानिकहरु विदेश पलायन भएको गुनासो बुद्धिजीवीहरुले पोखेका छन् । उक्त सम्मेलनमा सहभागी नेपाली बुद्धिजीवी तथा वैज्ञानिहरुले राजनीतिकरणका कारण वैज्ञानिकहरु विदेशिनुपरेको बताएका हुन् ।

उनीहरुले विज्ञान, प्रविधि तथा अनुसन्धानको क्षेत्रमा सरकारको लगानी एकदमै न्यून भएको र केही गर्छु भन्ने वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाईसमेत सहयोग र अवसर नदिएको गुनासो गरे । नेपालका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाईसमेत बौद्धिक सम्पत्ति अधिकार दिन सरकारसँग माग गर्दै सहभागीहरुले अझैपनि देशमै रहेका वैज्ञानिकहरुलाई विदेशिनबाट रोक्न सरकारले योजना ल्याउनुपर्नेमा उनीहरुको जोड थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्