
काठमाडौँ । नायिका दीपिका प्रसाइँ र निर्देशक दिवाकर भट्टराईबिच इन्गेजमेन्ट भएको छ ।
दिवाकरको निर्देशन रहेको चलचित्र ‘ऐश्वर्य’बाट दीपिकाले चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन् । दशैंको टिकाको केही दिनपछि उनिहरुले इन्गेजमेन्ट गरेका हुन । यी दुबैले शनिबार बिहान आ–आफ्नो फेसबुकमा जोडीको तस्वीर राख्दै आफूहरु एक भएको उल्लेख गरेका छन् ।
उनिहरुले चलचित्र ʻऐश्वर्यʼ रिलिजपछि ʻकोर्टम्यारिजʼ गरेको समेत बताएका छन् । उनिहरुले मंसिरलगत्तै विवाह गर्ने बताएका छन् ।
दीवाकरले ‘मेरो जीवन साथी’, ʻस्टुपिड मन’ र रिलिजको तयारीमा रहेको ‘क्याप्टेन’को निर्देशन गरेका छन् । दीपिका अभिनित चलचित्र ‘छक्का पञ्जा ३’ हाल हलमा प्रदर्शनरत छ ।