२५ असार २०८३, बिहीबार

नेतालाई पद दिन पार्टीको विधान संशोधन हुँदैन–सिंह

कात्तिक १०, २०७५
नेतालाई पद दिन पार्टीको विधान संशोधन हुँदैन–सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीलाई समयअनुसार चलायमान बनाउनका लागि विधान संशोधन गर्न लागिएको बताएका छन् । 

संघीय विधान कस्तो बनाउने भन्ने छलफलकै क्रममा रहेको बताउँदै सिंहले कुनै नेतालाई पद दिन र व्यवस्थापन गर्ने गरी विधान संशोधन नहुने बताए । ‘विधान कस्तो बनाउने भन्ने छलफल भइराखेको छ । प्रदेशहरूमा पुगेर पनि छलफल गरी राय, सुझाव लिइसकियो। पार्टीलाई चलायमान गर्न विधान संशोधन गर्ने हो’, उनले भने । 

काठमाडौंको टोखा नगरपालिकाका अन्तर्गत पार्टीका विभिन्न वडा कार्यसमितिले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले भने, ‘नेताका आसेपासेलाई कहीँकतै राख्न विधान संशोधन हुन्न । पार्टीलाई अघि बढाउने खालको विधान बन्छ ।’ 

निर्वाचनपछि पार्टी लथालिंग अवस्थामा रहेको बताउँदै उनले कम्युनिष्टलाई टक्कर दिन सक्ने पार्टी कांग्रेस मात्रै भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्