१० साउन २०८३, आइतबार

मण्डनदेउपुरमा जीप दुर्घटना, दुईको मृत्यु

कात्तिक १०, २०७५
मण्डनदेउपुरमा जीप दुर्घटना, दुईको मृत्यु

काभ्रे– काभ्रेको मण्डनदेउपुरमा जीप दुर्घटना भएको छ । दुर्घटनामा पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । 

बा ३ च २७८ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा पूर्व लोकान्तरकर्मी जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेका छन् । 

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घाइते ४ जना लाइ एम्बुलेन्स मा राखेर धुलिखेल अस्पताल पठाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्