३० असार २०८३, मंगलबार

रोकिएन टिप्पर आतंक, काभ्रेमा महिलालाई किच्यो

कात्तिक १०, २०७५
रोकिएन टिप्पर आतंक, काभ्रेमा महिलालाई किच्यो

काभ्रे– टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेमा एक जनाको मृत्यु भएको छ । 

अपराह्न ४ बजे पाँचखाल नगरपालिका–६ तीन पिप्ले बजारमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४३ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको १३५९ नं को ‘अनटेष्ट’ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ । 

दूर्घटनामा उनका श्रीमान मोटरसाइकल चालक कमल गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

टिप्परको पछाडिको पांग्राले किचेर महिलाको मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्