
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाले शनिवार आयोजना गरेको चियापानमा नेकपाका हजारौं नेता कार्यकर्ताको उपस्थिति थियो ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन सकेनन् । तर, अन्य नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।
सचिवालयको बैठकले आफू नभएको बेलामा प्रदेशका इन्चार्ज , अध्यक्ष तोकेको र सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचनामा उत्रिएका नेता माधव कुमार नेपाल चियापानमा सहभागी भएकी भएनन् भन्दै नेता कार्यकर्ताले चासोका साथ हेरिरहेका थिए । त्यस्तै वामदेव गौतम, रामवीर मानन्धरलायतललाई पनि कार्यकर्ताले ‘वाच’ गरिरहेका थिए ।
नेता नेपाल, गौतमलाई देखिएपनि काठमाडौं क्षेत्र नम्बर सातका सांसद एवं पूर्व नेकपा एमालेका जिल्ला कमिटीका उपाध्यक्ष रामवीर मानन्धर चियापानमा उपस्थित थिएनन् । स्वास्थ्यमा समस्या रहेका कारण आफू चियापानमा उपस्थित हुन नसकेको नेता मानन्धरले बताए ।
तर कतिपयले भने नेता कार्यकर्ताको विभिन्न प्रश्नको सामाना गर्नुपर्छ भनेर सांसद मानन्धर चियापानमा नदेखिएका हुन् ।
वामदेव गौतमलाई सांसद बनाउन आफूले पाँच वर्षका लागि जितेको निर्वाचन क्षेत्रबाट राजीनामाको घोषणा गरेका मानन्धरको चर्को आलोचना भएको थियो । यद्दपी नेकपाको सचिवालय बैठकले उनको राजनीनामा अस्वीकृत गरिसकेको छ ।
सीके राउत र विप्लवको खोजी
तराइ मधेसलाई अलग्गै राज्य बनाउँनुपर्छ भन्दै वकालत गर्दै आएका सीके राउतलाई पनि नेकपाले चियापानमा निमन्त्रण गरेको समाचारहरु सार्वजनिक भएपछि कतिपयले उनी आए भन्दै प्रश्न गरिरहेका थिए । राउत भने प्रहरी हिरासतमा रहेका छन् ।
त्यस्तै नेकपाको चियापानमा विप्लव नेतृत्वको पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई निमन्त्रणा गरिएको विषयले चर्चा पाएको थियो । तर चियापानमा उनी आएनन् ।