०७ असार २०८३, आइतबार

मोटरले तानेको पानीले नुहाउँदा करेन्ट लागेर एक किशोरको मृत्यु

कात्तिक ११, २०७५
मोटरले तानेको पानीले नुहाउँदा करेन्ट लागेर एक किशोरको मृत्यु

गौशाला –महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सो नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । आफ्नै घरको आँगनमा रहेको पानी तान्ने मोटरमा नुहाउने क्रममा किशोर राउतको विद्युत् चुहावट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका किशोर राउतलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएकामा उनको उपचारका क्रममा मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्