०८ असार २०८३, सोमबार

चीनमा तडकभडकविनाको बिहेमा युवाको रुचि

कात्तिक ११, २०७५
चीनमा तडकभडकविनाको बिहेमा युवाको रुचि

काठमाडौं — चाइना युथ डेलीले बिहीवार प्रकाशित गरेको एक सर्वेक्षण प्रतिवेदनले आधीभन्दा बढी व्यक्तिहरूले कुनै पनि तडकभडकविनाको बिहे स्वीकार्ने बताएका छन् । 

कुल २ हजार ४ मानिसमा गरिएको सर्वेक्षणमा ६४.५ प्रतिशतले फ्ल्याट, बिहे समारोह वा कार विनाको बिहेमा रुचि देखाएका हुन् । 

कुल ४८.३ प्रतिशत व्यक्तिले सामान्य बिहे (बेयर बोन्स म्यारिज) स्वीकार गर्ने बताए, २०.५ प्रतिशतले यसको विरोध गरे अनि ९२.८ प्रतिशतका नातेदार वा साथीले सामान्य बिहे गरेको बताए । 

सर्वेक्षणमा भाग लिएका ६३.५ प्रतिशतले सामान्य बिहे पैसा जोगाउनका लागि, ५८.८ प्रतिशतले कमजोर आर्थिक अवस्थाका कारण र ५१.७ प्रतिशतले महंगो वैवाहिक समारोहमा भन्दा भ्रमण र किनमेलमा खर्च गर्नु ठीक हुने बताए । 

कुल ५४.६ व्यक्तिले सामान्य बिहेबाट परम्परागत भव्य वैवाहिक समारोहमा परिवर्तन आउने विश्वास गरे भने ४४.४ प्रतिशतले परम्परागत वैवाहिक विधिका तुलनामा यो सकारात्मक प्रवृत्ति भएको बताए । 

सर्वेमा भाग लिएका ५४.६ प्रतिशतले बिहेमा संस्कारहरू आवश्यक रहेको बताए । 

तर पूर्वी चीनको झेजियाङ प्रान्तमा रहेको हाङ्झुमा रहेकी सम्बन्ध विशेषज्ञ लिङ जीले आजकल सबै वैवाहिक समारोह उस्तै हुने गरेको र स्मरणयोग्य नरहेको बताइन् ।

शिन्ह्वाबाट
 

salt training

कमेन्ट गर्नुहोस्