०२ साउन २०८३, शनिबार

राष्ट्रपति भण्डारी र कतारका शेखबीच भेट हुँदै, आजै दिवाभोज

कात्तिक १३, २०७५
राष्ट्रपति भण्डारी र कतारका शेखबीच भेट हुँदै, आजै दिवाभोज
फाइल फोटो

कतार –कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ ।

स्थानीय समयअनुसार मध्यान्ह १२ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

उक्त अवसरमा दुई देशका बीच रहिआएको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल हुने बताइएको छ।

अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गर्दै गर्दैछन् ।

मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा छिन् । दीपेन्द्र अधिकारी/रासस

salt training

कमेन्ट गर्नुहोस्