०७ असार २०८३, आइतबार

शरणार्थीहरूका सम्बन्धमा ट्रम्प प्रशासनको कडा दृष्टिकोण, मेक्सिको सीमामा ५२ सय अमेरिकी सैनिक

कात्तिक १३, २०७५
शरणार्थीहरूका सम्बन्धमा ट्रम्प प्रशासनको कडा दृष्टिकोण, मेक्सिको सीमामा ५२ सय अमेरिकी सैनिक

काठमाडौं — शरणार्थीहरूका सम्बन्धमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको कडा दृष्टिकोण कायम छ । 

ट्रम्पले मेक्सिकोसँग जोडिएको दक्षिणी सीमातर्फ बढिरहेका मानिसलाई केही दिनअघि उनले आफ्नो देश फर्केर अन्य मानिसले जस्तै अमेरिकी नागरिकताका लागि निवेदन दिन भनेका थिए । 

ट्रम्प प्रशासनले अब ठोस कदम उठाएर शरणार्थीहरूको जत्था सीमामा पुग्नुअघि मेक्सिको सीमामा ५२ सय सैनिक पठाउने निर्णय लिएका छन् । अमेरिकी अधिकारीहरूले सोमवार यसको जानकारी दिएका हुन् । 

यो मिसनलाई अपरेसन विश्वासयोग्ग देशभक्त दिइएको छ र यसको नेतृत्व लेफ्टिनेन्ट जेफ्री एस बुकाननले गर्नेछन् । उनले सन् २०१७ मा पुएर्तो रिकोमा भयंकर आँधी मारिया आएपछि उद्धार अभियानको नेतृत्व गरेका थिए । 

मेक्सिको सीमामा मंगलवारबाटै यो अपरेसन शुरू हुनेछ । 

यसबाहेक अमेरिकी वायुसेनाले पनि सीमामा गश्ती गर्नका लागि ४०० एजेन्ट नियुक्त गरेको छ । सेनाले यसै वर्ष मेक्सिको सीमामा दुई हजार राष्ट्रिय रक्षक (नेसनल गार्ड) का जवान पठाएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्