१० साउन २०८३, आइतबार

सोनीको आम्दानी दोब्बरले बढ्यो, खुद नाफा ३ अर्ब ५० करोड डलर

कात्तिक १३, २०७५
सोनीको आम्दानी दोब्बरले बढ्यो, खुद नाफा ३ अर्ब ५० करोड डलर

टोकियो-  विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । 

गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ । यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो । 

सञ्चालन नाफा पनि २० प्रतिशतले वृद्धि भई ४३४ अर्ब येन पुगेको छ भने बिक्रीमा सुधार आई करिब ४० खर्ब येन भएको छ । यो गत वर्षको तुलनामा ५.५ प्रतिशत बढी हो । एएफपी

salt training

कमेन्ट गर्नुहोस्