३१ असार २०८३, बुधबार

कांग्रेससँग जुधेपछि उपराष्ट्रपतिको चियापान ३ दिन पछाडि धकेलियो

कात्तिक १३, २०७५
कांग्रेससँग जुधेपछि उपराष्ट्रपतिको चियापान ३ दिन पछाडि धकेलियो

काठमाडौं – दशैं, तिहार, छठ एवं नेपाल सम्वतका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भनिएको चियापान कार्यक्रम ३ दिन पछि सरेको छ ।

यसअघि कात्तिक १६ गते चियापान आयोजना गर्ने भन्दै उपराष्ट्रपति कार्यालयबाट निमन्त्रणा बाँडिए पनि कांग्रेसले समेत सोही दिन चियापान आयोजना गर्ने भएपछि १९ गतेका लागि सरेको हो ।

उपराष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।

के छ विज्ञप्तिमा ?

सम्माननीय उपराष्ट्रपतिज्यूले तिहार, छठ एवम् नेपाल संवत्को अवसरमा शुभकामना आदन प्रदान तथा जलपान समारोहको आयोजना गर्दै आउनु भएको छ ।

सम्माननीय उपराष्ट्रपतिज्यूले तिहार, छठ–२०७५ एवम् नेपाल संवत् ११३९ को अवसरमा कात्तिक १६ गते अपरान्ह २ः३० बजे शुभकामना आदन प्रदान तथा जलपान समारोह आयोजना गर्ने २०७५ असोज २१ गतेको निर्णय अनुसार उपस्थितिका लागि आमन्त्रण समेत गरिएको छ ।

नेपाली कांग्रेसले समेत २०७५ कात्तिक १६ गते नै जलपान समारोहको आयोजना गरेको सन्दर्भमा सम्माननीय उपराष्ट्रपतिज्यूले आयोजना गर्नुभएको शुभकामना आदन प्रदान तथा जलपान समारोह २०७५ कात्तिक १९ गते सोमबार २ः३० बजे उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आयोजना गर्ने निर्णय गरिएको सार्वजनिक जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्