२७ जेठ २०८३, बुधबार

मुम्बई टुरमा रहेको  धनगढी ४४ रनले पराजित

कात्तिक १३, २०७५
मुम्बई टुरमा रहेको  धनगढी ४४ रनले पराजित

धनगढी- मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) आजको खेलमा मुम्बईको भिवन्डी गाउँको टिम सँंग पराजित भएको छ । 
मुम्बईस्थित कल्याणमा रहेको भिवन्डी गाउँको टिमसंँगको टी–२० क्रिकेट प्रतियोगितामा डिसिए ४४ रनले पराजित भएको हो । मुम्बईको सोनाले क्रिकेट मैदानमा टस हारेर १२९ रनको लक्ष्य पछ्याउने क्रममा डिसिएले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । 
डिसिएका लागि कप्तान सुबोध ऐरले सर्वाधिक २८, किरण नाथले नटआउट १८, सोनु मण्डलले १२, सन्दीप आउजीले १०, सक्षम कार्कीले पाँच र रोहन विकले दुई रन बनाए । कुश मण्डल, सिजन कुँवर र सुबोध तिवारी शून्य रनमै पवेलियन फर्के । 
डिसिलाई पराजित गर्ने क्रममा भिवन्डीका मितले सर्वाधिक तीन, रास्विलले दुई, उमर, हन्जला र साहेवले समान एक एक विकेट प्राप्त गरे । यसअघि ब्याटिङ गर्दै भिवन्डीले १५ ओभरमा मात्र तीन विकेट गुमाएर १२८ रन बनाएको थियो । भिवन्डीका राहुलले सर्वाधिक ४१ रन बनाउँदै नटआउट रहे । ललितले ३१, उमरले २७ रन बनाएका थिए । 
बलिङ्ग गर्दै डिसिएलाई विनोद विष्टले दुई र सोनु मण्डलले एक विकेटको सफलता दिलाए ।
 

salt training

कमेन्ट गर्नुहोस्