
कोलम्बो-श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेले नयाँ मन्त्रिमण्डल गठन गरेका छन् । संसद्को बैठक आह्वान गर्न राष्ट्रपति सिरिसेनामाथि विपक्षीको दबाब बढिरहेकै वेला राजापाक्षेले मन्त्रिपरिषद् गठन गरेका हुन् ।
अाजकाे नयाँ पत्रिका दैनिकले एजेन्सीलाई उदृत गर्दै राष्ट्रपति सिरिसेनाले रनिल विक्रमासिंघेलाई शुक्रबार राति अपदस्थ गरेपछि मुठभेडको खतरा बढेको बुधबारकाे समाचारमा लेखेकाे छ ।