२१ असार २०८३, आइतबार

समयमै काम नसक्ने ठेकेदारलाई दैनिक डेढ लाख जरिवाना

कात्तिक १४, २०७५
समयमै काम नसक्ने ठेकेदारलाई दैनिक डेढ लाख जरिवाना

काठमाडौं – भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक समयमै नबनाउँदा निर्माण व्यवसायीलाई जरिवाना गरिएको छ । कमलविनायक–भत्केको पाटी–नगरकोट सडक निर्माणको ठेक्का लिने शैलुङ/एआईपीएल जेभीले (आरामाली इन्फ्रा पावर लिमिडेट) तीन पटक म्याद थप्दासमेत काम नसकेपछि दैनिक जरिवाना गरिएको हो ।


सडक आयोजना प्रमुख नरेन्द्रनाथ कोइरालाका अनुसार काम नगरेबापत निर्माण व्यवसायीले २ सय दिन (करिब ७ महिनासम्म) ठेक्का रकमको ० दशमलव ५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । यस हिसाबले दिनको १ लाख ४० हजारका दरले जरिवाना रकम २ करोड ८० लाख हुन्छ । उनले निर्माण कम्पनीलाई दिइने भुक्तानीमा जरिवाना रकम कटाएरमात्र दिइने बताए । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्