३० जेठ २०८३, शनिबार

अमेरिकी नागरिकता नीति फेरिँदै: जन्मकै आधारमा नपाइने

कात्तिक १४, २०७५
अमेरिकी नागरिकता नीति फेरिँदै: जन्मकै आधारमा नपाइने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा अमेरिकी नागरिकता प्राप्त गर्ने अधिकार परिवर्तन गर्ने बताएका छन् ।


आप्रवासनसम्बन्धी कडा नीति अख्तियार गर्दै आएका राष्ट्रपति ट्रम्पले उक्त अधिकार अन्त्य गर्ने कार्यकारी आदेशमा आफूले हस्ताक्षरको तयारी गरेको मंगलबार जनाएका हुन् । 

राष्ट्रपतिको यो कदम आप्रवासीविरुद्ध हालसम्मकै कडा भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पले त्यसका लागि प्रक्रिया सुरु भइसकेको जनाउँदै अमेरिकी कंग्रेसले आफूलाई साथ दिने विश्वास व्यक्त गरेको वासिङ्टन पोस्टले जनाएको छ । ट्रम्पले भने, ‘हामी कंग्रेसको समर्थनमा यो गर्न सक्छौं तर मानिस चाहन्छन् कि मैले कार्यकारी आदेशमार्फत गरूँ ।’


आफ्नो कदमको प्रतिरक्षामा ट्रम्पले ‘अमेरिका विश्वमै एक मात्र जन्मका आधारमा नागरिकता दिने देश भएको’ दाबी गरे । तर हाल ३३ देशले कुनै सर्तबिना जन्मकै आधारमा नागरिकता दिने गर्छन् । त्यसमध्ये क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना लगायतका अमेरिकी देशहरू छन् । कान्तिपुले खबर छापेकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्