३० जेठ २०८३, शनिबार

जलविद्युतमा जनतालाई सेयर, तीन खर्ब रुपैयाँ बढीका आयोजना निर्माण तयारी

कात्तिक १५, २०७५
जलविद्युतमा जनतालाई सेयर, तीन खर्ब रुपैयाँ बढीका आयोजना निर्माण तयारी

काठमाडौं।  नेपाल विद्युत् प्राधिकरणले जनतालाई सेयर दिनेगरी ३ खर्ब रुपैयाँभन्दा बढी लागत भएका जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने भएको छ । ऊर्जा क्षेत्रमा हाल धेरैवटा आयोजना सेयर निष्कासनको तयारीमा रहेको भन्दै प्राधिकरणले यस्तो जानकारी गराएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले श्वेतपत्रमार्फत ती आयोजना जनताको लगानीमा बनाउने घोषणा गरेका थिए । सोही घोषणाअनुरूप विद्युत् प्राधिकरणले यो योजना अगाडि बढाएको हो ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष सेयर वर्षका रूपमा मनाउन लागिएको बताए । ‘८३० मेगावाटको माथिल्लो अरुण, दूधकोसी, तामाकोसी पाँचौंलगायतका आयोजनामा लगानी हुने इक्विटीको ४९ प्रतिशतमा जनताको लगानी सुनिश्चित गरिनेछ,’ घिसिङले भने ।

कार्यकारी निर्देशक घिसिङले ती आयोजनामा सर्वसाधारणको ४९ प्रतिशत सेयर सुनिश्चित हुनेगरी १८ सय मेगावाटका आयोजना तत्काल अगाडि बढाउन लागिएको जानकारी दिए । ती आयोजना निर्माणका लागि छिट्टै टेन्डर आह्वान गरिने उनले बताए ।  राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्