
काठमाडौं — निक जोनससँगको बिहेको तयारीमा व्यस्त प्रियंका चोपडाको हलिउड फिल्म इजन्ट इट रोमान्टिकको ट्रेलर सार्वजनिक भएको छ ।
फिल्ममा प्रियंका योगा दूतका रूपमा देखिनेछिन् । यो फिल्म रोमान्टिक कमेडी हो र यसमा लायम हेम्सवर्थ र एडम डिभाइन पनि देखिनेछन् ।
फिल्म सन् २०१९ को भ्यालेन्टाइन्स डेमा सार्वजनिक हुनेछ ।
प्रियंका अमेरिकी शो क्वान्टिकोका कारण हलिउडमा चर्चित भइसकेकी छन् ।
प्रियंकाको बिहेको कुनै पक्का खबर भने आएको छैन । अघिल्लो हप्ता प्रियंकाको ब्राइडल शावर गरिएको थियो ।
एजेन्सी