काठमाडौं — अमेरिकाका लागि चीनले तेर्स्याएको सबभन्दा ठूलो चेतावनी बौद्धिक सम्पत्तिको चोरी भएको र राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई निर्मूल पार्न कोशिश गरेको परराष्ट्रमन्त्री माइक पम्पिओले दोहो–याएका छन् ।
मंगलवार अमेरिकाको जस्टिस डिपार्टमेन्टले चिनियाँ जासूसी अधिकारीहरूको एक समूहविरुद्ध अमेरिकाको उडान रहस्य चोर्न खोजेको आरोप लगाएको थियो । यो बेइजिङको प्रतिकार गर्ने अमेरिकाको पछिल्लो रणनीतिक प्रयास
रहेको पम्पिओले बताए ।
ह्वाइट हाउसको प्रमुख उद्देश्य चीनसँग स्वच्छ र पारस्परिक व्यापार गर्ने आफ्नो दृष्टिकोणको कार्यान्वयन नै हो । चीनले विश्वभरि आर्थिक शक्ति बढाउँदै लगेको र चीन तथा अमेरिकाबीच हाल चलिरहेको व्यापारयुद्ध प्रमुख चिन्ताका
रूपमा रहेको पम्पिओको भनाइ छ ।
चीनले तेर्स्याएको जोखिमको सामना गर्नका लागि अमेरिकाले बहुपक्षीय प्रयास गर्ने अनि उसलाई ‘अन्तर्राष्ट्रिय कानूनका नियमको सम्मान गर्ने सामान्य राष्ट्रको जस्तो व्यवहार गर्न’ बाध्य पार्ने पम्पिओको भनाइ छ ।
आरटीबाट