०७ साउन २०८३, बिहीबार

सांग्रिला विकास बैंक १५औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान

कात्तिक १५, २०७५
सांग्रिला विकास बैंक १५औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान

काठमाडौं –सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड स्थापनाको १४औं वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ ।

बैंकले आफ्नो वार्षिकोत्सव रक्तदान कार्यक्रम गरी मनाएको छ । “रक्तदान–जीवनदान” भन्ने भावालाई मनन् गरी बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं, कलष्टर कार्यालयहरू, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरू नारायणगढ र बुटवलमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

बैंकका ग्राहक, सञ्चालक, शेयरधनी, कर्मचारी, शुभचिन्तक तथा सर्वसाधारण सहितले गरेको रक्तदानबाट काठमाडौंमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट, र बुटवलमा ३० प्वाइन्ट गरी कुल ३२६ प्वाइन्ट रगत संकलन भएको छ । सो रगत नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

मुलुकभर सातवटै प्रदेशमा गरी ६८ वटा शाखाबाट अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यस बैंकले १८ वटा ए.टी.एम. तथा ५ शाखाहरूबाट लकर सुविधा लगायत ६ वटा शाखा इकाइबाट लघुवित्त सेवा समेत प्रवाह गर्दै आइरहेको छ । बैंकले आगामी वर्षमा अझ सशक्त रूपमा ग्राहक सेवामा समर्पित हुने प्रतिवद्धता समेत जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्