२२ जेठ २०८३, शुक्रबार

एक मिनेटमा लसुनका ४२ पोटी खाएर गिनिज बुकमा नाम

कात्तिक २०, २०७४
एक मिनेटमा लसुनका ४२ पोटी खाएर गिनिज बुकमा नाम
धनगढी, १७ फागुन - विश्व फुटबल महासङ्घ (फिफा) मा आबद्ध दुई सय नौ देशको नाम ६१ सेकेन्डमा खररर्र वाचन गरी ‘गिनिज बुक अफ ओल्र्ड रेकर्ड‘मा नाम लेखाउन सफल कैलालीका भरत विष्टले अर्को अनौठो प्रतिभा देखाउनुभएको छ ।

उहाँले एक मिनेटको समयभित्र नियमानुसार लसुनका ४२ पोटी खाएर देखाउनुभएको हो । एक पटकमा एउटा मात्र लसुनको पोटी खान पाइने लगायत नियम भए पनि विष्टले एक मिनेटमा ४२ पोटी खाएर ‘ओल्र्ड रेकर्ड सेटर‘मा नाम दर्ता गराउनुभएको छ । विष्टलाई गिनिज बुक कमिटी बेलायतले प्रमाणपत्र दिइसकेको छ ।

यसैगरी कैलाली, सुखडस्थित सत्य माविमा कक्षा ३ मा अध्ययनरत सुरभी ढकालले एक मिनेटमा ४७ वटा रोमन अङ्क लेखेर कीर्तिमानी बन्ने होडमा पुगेकी छन् । आइतबार सुखडमा पत्रकार सम्मेलन गर्दै स्थानीयवासी भवानी ढकालकी छोरी सुरभीले एक मिनेटमा रोमन अङ्क खररर्र लेखेर सबैलाई अचम्मित पारिन् । सुरभीले लेखेको भिडियो रेकर्ड ओल्र्ड रेकर्ड कमिटीमा पठाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्