
वीरगन्ज- भारतबाट नेपालको अमलेखगन्जस्थित तेल भण्डारण केन्द्रसम्म भू–सतहभित्रबाटै पेट्रोलियम पदार्थ ल्याउन पाइप बिच्छ्याउने (गाड्ने) काम नेपालतर्फ ५८ दशमलव शून्य १ प्रतिशत सकिएको छ ।
दुवै देशको कागजी सम्झौतापछि सातवटा सर्भे पूरा भई सुरु भएको जमिनमुनि पाइप गाड्ने काम नेपालतर्फ ४१ दशमलव ९ प्रतिशत मात्र बाँकी रहेको छ । यो नेपालतर्फको भू–सतहभित्र पाइप गाड्ने काम कुल ३६ दशमलव २ किलोमिटरमा १५ दशमलव २ किलोमिटर मात्र बाँकी रहेको हो । राजधानी दैनिकमा खबर छ ।