२८ जेठ २०८३, बिहीबार

संविधान संशोधनविना निर्वाचनमा भाग नलिने मोर्चाको निर्णय, आयोगमा पार्टी दर्ता पनि नगर्ने

कात्तिक २०, २०७४
संविधान संशोधनविना निर्वाचनमा भाग नलिने मोर्चाको निर्णय, आयोगमा पार्टी दर्ता पनि नगर्ने
काठमाडौं, १७ फागुन – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधनविना निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । मोर्चाको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

‘संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित नभएसम्म निर्वाचनमा भाग पनि नलिने र निर्वाचन आयोगमा पार्टी दर्ता पनि नगर्ने निर्णय भएको छ,’ मोर्चाका नेता लक्ष्मणलाल कर्णले लोकान्तरसँग भने ।

उनले निर्वाचनमा भागै नलिने भएपछि आयोगमा पार्टी दर्ता गराउनुको कुनै अर्थ नरहेको वताए । निर्वाचन आयोगले पार्टी दर्ताका लागि भोलि बुधवारसम्मको समय दिएको छ ।

संख्या पु–याएर संविधान संशोधन विधेयक पारित गराउन सरकारले संयोजनकारी भूमिका खेल्नुपर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्