२४ जेठ २०८३, आइतबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य बुझ्न अस्पताल पुगे प्रचण्ड

कात्तिक १६, २०७५
प्रधानमन्त्री ओलीको स्वास्थ्य बुझ्न अस्पताल पुगे प्रचण्ड

 

काठमाडौँ -  त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा स्वास्थ्यलाभ गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । 

त्यस अवसरमा दुई अध्यक्षबीच मुलुकको समसामयिक अवस्थाका बारेमा पनि विचारविमर्श भएको नेता दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका प्रतिवेदन राम्रो रहेको र स्वास्थ्य स्थिति सामान्य भएको जनाएको छ । 

प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अस्पताल पुग्नुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्