०३ असार २०८३, बुधबार

शाहरुख खानले पत्नीलाई केक खुवाएर मनाए जन्मदिन

कात्तिक १६, २०७५
शाहरुख खानले पत्नीलाई केक खुवाएर मनाए जन्मदिन

काठमाडौं — बलिउडका सुपरस्टार शाहरुख खानको शुक्रवार अर्थात् नोभेम्बर २ मा जन्मदिन पर्छ । 

उनले आजको विशेष दिनमा आगामी फिल्म जिरोको ट्रेलर सार्वजनिक गर्ने भएका छन् । 

शाहरुख अहिले जन्मदिन मनाउने मूडमा छन् र उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पत्नी गौरीसँग विशेष तस्वीर पोस्ट गरेका छन् । 

तस्वीरमा शाहरुखले गौरीलाई केक खुवाएको देख्न सकिन्छ । उनले तस्वीर पोस्ट गर्दै लेखे, ‘पत्नीलाई केक खुवाएँ । मन्नतबाहिर प्रशंसकका परिवारलाई भेटें । अब साना नानीहरूको समूहसँग मोनो डील खेलिरहेको छु । खुशीले
भरिएको जन्मदिन मनाइरहेको छु । तपाईंहरू सबैले प्रेम देखाउनुभएकोमा धन्यवाद ।’

फिल्म जिरोको ट्रेलरको भव्य लउन्चको तयारी भइरहेको छ । फिल्ममा शाहरुखसँग कट्रिना कैफ र अनुष्का शर्मा पनि देखिनेछन् । शाहरुख फिल्ममा होचो व्यक्तिको भूमिका निर्वाह गरिरहेका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्