काठमाडौं १७ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानप्रति असन्तुष्ट समूदायलाई असन्तोष मतपत्रबाट जाहेर गर्ने अबसर मिलेको भन्दै निर्वाचनमा सहभागि हुन आह्वान गरेका छन् । उनले मधेशवादी दलले आवेगमा नभइ विवेकपूर्ण निर्णय गर्नेमा सरकार आशावादी रहेको बताए ।

मंगलवार साझ देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेका असन्तुष्टि नजिकबाट बुझेको दावी गरे । यो देशको परंपरागत शासक बर्गलाई संघीइता, गणतन्त्र र धर्मनिरपेक्षा मन नपरेको र उनीहरु परिवर्तन उल्टाउने पक्षमा रहेको उनले दावी गरे ।