
काठमाडाैं- प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री पौडेलले स्थापितलाई संविधानको धारा १६९ को उपधार २ को खण्ड ख अनुसार बर्खास्त गरेका हुन् ।
स्थापितलाई मन्त्रीपदबाट हटाइएको जानकारी प्रदेश प्रमुख अनुराधा कोइरालालाई जानकारी गराइसकिएको एक मन्त्रीले बताए ।
मुख्य मन्त्री पौडेल र स्थापितबीच बुधबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकमा चर्काचकी भएको थियो ।
मुख्यमन्त्रीमाथि अपशव्द प्रयोग भएको र मन्त्रीको जिम्मेवारी राम्रोसँग बहन नगरेको भन्दै पौडेल स्थापितसँग असन्तुष्ट थिए ।