
काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपालको फुटबल विकासका लागि एशियाली फुटबल महासङ्घ (एएफसी)बाट पाउने अनुदान रकममा ३३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
मलेसियामा सम्पन्न एएफसीको २८ औँ काङ्ग्रेसपछि एन्फाले अब वार्षिक रु १४ करोड अनुदान पाउने भएको हो । यसअघि वार्षिक रु नौ करोड पाउँदै आएको थियो ।
एन्फा विदेश विभाग प्रमुख नवीन पाण्डेले नेपालले पाउने अनुदानमा एएफसीले ३३ प्रतिशतले वृद्धि गरेको जानकारी दिए । उक्त सहयोग एन्फाले पूर्वाधार निर्माण, प्रशिक्षक शिक्षा, सञ्चालन खर्च गर्दै आएको छ ।