०३ असार २०८३, बुधबार

कांग्रेस महासमिति बैठक  सर्ने

कात्तिक १७, २०७५
कांग्रेस महासमिति बैठक  सर्ने

काठमाडौं – ५ देखि ९ मंसिरसम्म राजधानीको भृकुटीमण्डपमा हुने तय भएको नेपाली कांग्रेसको महासमिति बैठक सर्ने भएको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दसैं, तिहार, छठ तथा नेपाल संवत्को अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले प्राविधिक कारणले महासमिति केही समय सर्ने बताएका हुन् ।

‘हामीले महासमिति ५ देखि ९ मंसिरसम्मका लागि तय गरेका छौं तर प्राविधिक कारणले अब सो समयमा बैठक गर्न सक्ने अवस्था रहेन, एक दुई साता पर सर्छ,’ महामन्त्री कोइरालाले भने ।

उनले आफू पार्टीको आउँदो १४औं महाधिवेशनका लागि नेतृत्व लिन तयार रहेको भन्दै त्यसअघि पार्टीभित्र देखिएको गुट उपगुट अन्त्य हुने सम्भावना नरहेको समेत जनाए ।

salt training

कमेन्ट गर्नुहोस्