
विहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवका छोरा तेज प्रताप यादवले पत्नीसँगको सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएका छन् ।
पूर्व स्वास्थ्य मन्त्रीसमृत रहेका तेजले हिन्दू विवाह कानून १३ (१) अनुसार प्रधान न्यायाधीश, परिवार न्ययालय पटनाको अदालतमा पत्नी ऐश्वर्या रायसँग सम्बन्ध विच्छेदका लागि निवेदन दायर गरेका छन् । अदालतले उनको निवेदन स्वीकार गरेको छ र २९ नोमेम्बरमा सुनुवाई हुने बताएको छ ।
पत्नीसँग सम्बन्धविच्छेदको निवेदन दिएर अदालतबाट बाहिरिएका प्रताप यादवले आफू कृष्ण भएको र राधाको खोजीमा रहेको प्रतिक्रिया दिए । उनले पत्नी ऐश्वर्या आफ्नी राधा नभएको र यसकारण आफू अलग हुन चाहेको बताएका छन् ।
उनले दायर गरेको निवेदनमा पत्नी ऐश्वर्याको क्रुर व्यवहारका कारण सँगै वस्न नसक्ने बताएका छन् । पत्नीको व्यवहारले आफू दुखी भएको उनले बताएका छन् ।
लालू यादवका छोरा तेज प्रताप यादवले पाँच महिना अघि यसै वर्षको १२ मे मा ऐश्वर्यासँग विवाह गरेका थिए । दुई पूर्व मुख्यमन्त्रीको परिवारले निकै धुमधामसँग विवाह गरेका थिए । जसको चर्चा विहारमा मात्र होइन भारत भर भएको थियो ।
लालू यादव चार घोटलामा जेलमा रहेको बेलामा यस्तो घटना भएको हो । सम्बन्धविच्छेदको निवेदन दिएको भएपनि दुवै परिवार उनीहरुलाई एक बनान लागि परेका छन् र छलफल जारी रहेको समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।