१३ असार २०८३, शनिबार

बुटवल पुगेर प्रचण्डले भने– सरकार अब ‘फूल गियर’मा कुद्छ

कात्तिक १७, २०७५
बुटवल पुगेर प्रचण्डले भने– सरकार अब ‘फूल गियर’मा कुद्छ

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयतालाई कमर्चारीले आत्मसाथ नगर्दा संघीयताले गति लिन नसकेको बताएका छन् । मुलुक परिवर्तन ठूलो उपलब्ध संघीयता कार्यान्वयन आइसकेको एक वर्ष पुग्न लाग्दा समेत सरकारी कर्मचारीहरूले आत्मसाथ नगरेको भन्दै त्यस्ता कर्मचारीलाई निकालेर फाल्नुपर्ने बताए । 

नेकपा, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको शुभकामना सन्देश सभालाई संवोधन गर्दै अध्यक्ष दाहालले भने, ‘प्रदेशहरूमा दरबन्दी हुँदा केन्द्रका कर्मचारी आउन नमान्नु त्यसको उदाहरण हो । यस्ता कर्मचारीलाई निकालेर फालौ । नयाँ कर्मचारीहरू ल्यायौं ।’ दाहालले थपे, ‘ संघीयतालाई सही कार्यान्वय गर्न कर्मचारीले सहि भूमिका खेल्नुपर्छ । अनि मात्र संघीयताले सोचेजस्तो गति लिन सक्छ ।’ यो ऐतिहासिक अवसरलाई गुम्न दिनु हुँदैन ।’

१४ वर्ष कारावास र १४ वर्ष वनवासको अहिलेको उपलब्धी

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले अहिले मुलुकमा आएको उपलब्ध १४ वर्ष कठोर कारावास र झण्डै १४ वर्ष वनबाटबाट प्राप्त उपलब्धी रहेको बताए । अध्यक्ष ‘प्रचण्ड’ ले भने, ‘मुलुक परिवर्तन गर्नका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले १४ वर्ष कठोर कारावास र मैले झण्डै १४ वर्ष जनयुद्ध (वनवास) बाट प्राप्त उपलब्धी हो । यो कुनै प्रतिक्रियावादीहरूले दया मायाले दिएको उपलब्धी होइन । लडेर रगत वगाएर हजारौ सहिदहरूको बलिदानीबाट खोसेर ल्याएको उपलब्धी हो ।’ 

दाहालले थपे, ‘तत्कालिन एमाले अध्यक्ष ओली जी र मैले कठोर अवस्थाको सामना गरेर यो अवस्था आएको हो । नेपाली जनताको हितलाई ध्यानमा राखेर हामी एक भएर ल्याएको हौं । यसलाई कसैले भत्काएर अर्को प्रक्रियावादी व्यवस्था ल्याउन चलखेर भए पनि त्यो सम्भव छैन ।’

नेपालको साँचो खुल्यो

अध्यक्ष दाहालले नेपाल अब हामीले विगत लामो समयदेखि भन्दै आएको भूपरिवेष्ठित राष्ट्र अब नरहेको बताए । दाहालले भने, ‘अहिलेको बलियो सरकार आएपछि नेपाल ‘ल्याण्ड लक’ रहेन । ‘ल्याण्ड लिक’ भयो । अब हामी भारतको मात्र भर पर्नु पर्दैन । अब कलकत्ता बन्दरगाहा मात्र होइन । विसखापटना, चीनका विभिन्न समुन्द्रसँग हामी जोडियौ । हामी विश्वका सबै मुलुकसँग आयात निर्यात गर्ने चापी खुल्यो ।’ ‘अहिलेको बलियो सरकार नभएको भए नेपालको चापी खुल्दैनथ्यो’ दाहालले दावी गरे । 

सरकारको गाडी फूल ‘गेयर’ मा गुडदै छ 

अध्यक्ष दाहालले अब सरकारको काम कारवाही तीव्र गतिमा जाने बताएका छन् । केही व्यवधान र प्राविधिक कारणले सरकारले गति लिन ढिलाई भए पनि अब फूल ‘गेयर’मा सरकारको गाडी गुडने बताए । सरकार गठन भएको बेला हिलो भयो । पिच गर्न पनि नपाइने । गाडी एक नम्बर गियरमा चल्यो । अब २/३ नम्बर गियरमा गाडी चल्छ । फूल फलेज्डमा चल्नेवाला छ । कसैले रोक्न खोजेर रोकिँदैन ।’ 

पार्टी एकता तल्लो तहसम्म छिट्टै

अध्यक्ष दाहालले पार्टी एकता तल्लो तहसम्म छिट्टै हुने शुभकामना सन्देश सभामा व्यक्त गरे । एकता प्रक्रिया विवादले ढिलो भएको नभइ प्राविधिक कारणले लम्बिएको अध्यक्ष दाहालको भनाइ थियो । ‘पदिय भागबण्डका कारणले ढिलो भएको होइन । व्यवस्थित, धैयतापूर्वक गर्नका लागि लम्बिएको हो ।’ दाहालले भने ।

अब मुलुक समृद्धितर्फ अगाडि बढ्योः महासचिव

नेकपाका महासचिव विष्णु पौडेलले मुलुक अब समृद्धिको दिसामा अगाडि बढेको भन्दै त्यसलाई कसैलाई रोक्न नसक्ने बताए । ‘दुई क्याप्टेनले उडाएको जहाजले मुलुकमा समाजवादी व्यवस्था र स्थायित्व ल्याएर छाडछ् ।’ कार्यक्रममा प्रदेश नम्बर पाँचका नेकपाका झण्डै एक लाख कार्यकताहरु सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्