२९ असार २०८३, सोमबार

बागमती सरसफाइ विशेष अभियानको तयारी

कात्तिक २०, २०७४
बागमती सरसफाइ विशेष अभियानको तयारी

काठमाडौँ, १७ फागुन - बागमती सफाइको २०० औँ हप्ताको अवसरमा यही फागुन २८ गते सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्मको २८ किमि क्षेत्रलाई १७ खण्डमा विभाजन गरी विभिन्न मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिने भएको छ ।

बागमती सफाइ महाअभियानका संयोजक एवम् मुख्यसचिव डा सोमलाल सुवेदीको अध्यक्षतामा आज बसेको बैठकले सचिवको नेतृत्वमा प्रत्येक खण्डमा खटिने टोलीमा निजामती कर्मचारी, सुरक्षा निकाय, विद्यालय, वडा नागरिक मञ्च, सामाजिक तथा धार्मिक सङ्घसंस्था, टोलसुधार समिति, उद्योगी, व्यापारी र पेसागत सङ्घसंस्थालाई सहभागी गराइ प्रभावकारी ढंगबाट सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले उक्त दिन बिहान ७ बजेदेखि ९ बजेसम्म प्रत्येक खण्डमा सरसफाइ कार्यक्रम गर्ने र बागमती पदयात्राका साथ बागमती र मनोहराको दोभानमा बिहान ९ः१५ देखि १०ः३० सम्म मूल कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।
बैठकमा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख र बागमती सफाइको अभियन्ता सहभागी थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्