०८ असार २०८३, सोमबार

टर्कीका अनुसन्धान अधिकारीलाई सहयोग गर्न गएका साउदी अधिकारीले प्रमाण नष्ट गरेको आरोप

कात्तिक १९, २०७५
टर्कीका अनुसन्धान अधिकारीलाई सहयोग गर्न गएका साउदी अधिकारीले प्रमाण नष्ट गरेको आरोप

काठमाडौं — साउदी पत्रकार जमाल खशोग्गीको इस्तानबुलमा भएको हत्यामा टर्कीका अनुसन्धान अधिकारीहरूलाई सहयोग गर्न गएकाले साउदी अधिकारीले प्रमाण हटाएको दाबी गरिएको छ । 

खशोग्गीको हत्या भएको नौ दिनपछि ११ जना साउदी अधिकारीहरू टर्की पुगेका थिए । एक वरिष्ठ टर्किश अधिकारीका अनुसार, उनीहरू संयुक्त अनुसन्धान टोलीका सदस्य थिए । 

त्यहाँ भएका रासायनिक तथा विष सम्बन्धी विज्ञहरूले प्रमाणलाई यताउता पारेको टर्किश अधिकारीले बताएको टर्कीको सबाह पत्रिकाले लेख्यो । 

उक्त टोलीका दुई सदस्य चाहिँ प्रमाण नष्ट गर्नैका लागि आएको आएको टर्कीले विश्वास लिएको छ । उनीहरूले प्रमाण नष्ट गरेपछि बल्ल टर्किश प्रहरीलाई साउदी वाणिज्य दूतावासमा खोजी गर्न दिइएको थियो । 

खशोग्गीलाई अक्टोबर २ मा दूतावासमा हत्या गरिएको थियो ।

खशोग्गीको हत्याको प्रमाण नष्ट गर्न टोली नै पठाएबाटै उनको हत्याका  विषयमा शीर्ष साउदी अधिकारीहरू जानकार रहेको स्पष्ट संकेत दिएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्