
काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दैछ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । आज बस्ने बैठकमा पार्टीको विधान मस्यौदा प्रस्तुत भई त्यसै विषयमा छलफल हुने भएको छ ।
बैठकमा विधान मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले विधानको मस्यौदा प्रस्तुत गर्ने बताइएको छ ।नयाँ संविधानअनुसार काँग्रेसले आफ्नो पार्टी संरचनालाई संघीय ढाँचामा लैजानका लागि विधान संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।
बैठकमा विधान मस्यौदा प्रस्तुत हुने, महासमितिको बैठक केही दिन पर सार्ने र नेपाल विद्यार्थी संघको महाधिवेशनका विषयमा बैठक केन्द्रित हुने छ ।आगामी मंसिर ५ बाट शुरु हुने तय भएको महासमिति बैठक विविध कारणले केही दिन सार्नुपर्ने अवस्था आएको कांग्रेस नेताले बताए ।