
काठमाडौं– फस्टाउँदो कुकुर व्यवसाय र पालन संस्कृतिसँगै यसलाई चाहिने खान्की कारबारसमेत बढिरहेको छ । कुकुरलाई चाहिने स्वदेशी खाना कति प्रयोग हुन्छ भन्ने तथ्यांक त छैन, तर एक वर्षमा झण्डै ६ करोड रुपैयाँको विदेशबाट आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार ३ लाख ३७ हजार ६ सय ८१ केजी खाना कुकुरका लागि आयात भएको छ । यो आयातबाट सरकारले ९७ लाख ९७ हजार रुपैयाँ राजस्वसमेत प्राप्त गरेको छ ।, कान्तिपुरमा खबर छ ।