
काठमाडौं- गायक कर्णदास र गायिका प्रश्ना शाक्यको स्वर रहेको ‘तिमी टाढा कता कता’ बोलको गीतको सुटिङ मुस्ताङ र जोमसोममा गरिएको छ ।
किशोर दत्त बरालको शब्द रहेको गीतमा गायक कर्णकै संगीत छ ।
सारा सिर्पाली र बिजय कार्कीलाई फिचरिङ गरिएको गीतको भिडियालाई चलचित्र निर्देशनमा स्थापित निर्देशक बसन्त निरौलाले निर्देशन गरेका हुन । गीतको भिडियो केही दिनमा यूट्युब रिलिज गरिने निर्देशक निरौलाले बताए ।
भिडियोको कोरियोग्राफी अभिनेत्री पवित्रा आचार्यले गरेकी छिन् ।
दिव्य सुवेदीको छायांकन रहेको गीतको भिडियोमा अरबिन्द पौडेलले लगानी गरेका छन् ।



