काठमाडौं, १८ फागुन– निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुँदै गर्दा नेपाली सेनाले नयाँ भर्ना आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले लेखा जमदार, अमल्दार तथा फलोवर्स पदहरुमा भर्ना आह्वान गरेको छ ।
भर्ना छनौट निर्देशनालय कार्यरथी विभागका साथै विभिन्न पृतना हेडक्वार्टमा दरबन्दी रिक्त भएपछि सेनाले खुल्ला प्रतियोगितामार्फत ७०७ जनाको लागि भर्ना आह्वान गरेको हो ।
इच्छुक उम्मेद्वारले आजदेखि चैत १७ गते र दोब्बर दस्तुर तिरेर थप एकसाताभित्र तोकिएको स्थानमा आवेदन बुझाउन सक्नेछन् ।
विज्ञापन हेर्नुहोस्

